सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ८ २०८३
माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं- माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार ८ गते) अन्तिम दिन रहेको छ।

काठमाडौं- माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार ८ गते) अन्तिम दिन रहेको छ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले आफ्नो कुल ८६ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको कुल २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये स्थानीय बासिन्दाका लागि ८ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७२ हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ। 

यसका साथै कम्पनीका कर्मचारीहरूका लागि ३४ हजार ४ सय कित्ता र सामूहिक लगानी कोषहरूका लागि ८६ हजार कित्ता सेयर समेत सुरक्षित गरी बाँडफाँट भइसकेको अवस्था छ। यी सबै चरण पूरा भएपछि अब कम्पनीले दोस्रो चरण अन्तर्गत बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो, जसको प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ।

यो आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको वित्तीय अवस्था र साख मूल्यांकनका लागि केयर रेटिङ नेपालले यस कम्पनीलाई 'केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्' प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको बुझाउँछ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेडले रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा-सेवामा सहभागी भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट 'सि-आस्बा' प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो सेयर' अनलाइन सफ्टवेयर वा मोबाइल एपको प्रयोग गरेर पनि सहजै घरमै बसी आवेदन दर्ता गर्न सकिने व्यवस्था रहेको छ।


प्रकाशित : सोमबार, असार ८ २०८३१०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend