शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक सामान्य बढ्यो, ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ५ २०८३
नेप्से परिसूचक सामान्य बढ्यो, ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ५.०६ अंकले घटेर बन्द भएको थियो।

काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ५.०६ अंकले घटेर बन्द भएको थियो।

साताको पहिलो कारोबारमा नेप्स परिसूचक २.२६ अंकले घटेको थियो।त्यसैगरि दोस्रो कारोबारमा ६.३१ अंकले घटेको थियो भने बुधबार नेप्स परिसूचक  ०.०८ अंकले बढेको थियो।

आजको कारोबारमा ३ सय ५३ कम्पनीको १ करोड ९ लाख २२ हजार ५ सय २५ कित्ता सेयर ६१ हजार १ सय ७० पटक किनबेच भएको छ। ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५ सय ६८ रुपैयाँको कारोबार भएको छ।

आज सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेडडिबेन्चरको ३१ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा  १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा बैंकिङ जम्मा ०.०८,  विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, निर्जीवन बीमा ०.३३, अन्य ०.२९ प्रतिशत घटेको छ भने फाइनान्स ०.६६, जलविद्युत् ०.०९, लगानी ०.११, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.२४, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.७५ प्रतिशत बढेको छ।


प्रकाशित : शुक्रबार, असार ५ २०८३१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend