बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

५० वर्षदेखि अलपत्र पोखरा बसपार्क क्षेत्रमा चलाइयो डोजर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ४ २०८३
५० वर्षदेखि अलपत्र पोखरा बसपार्क क्षेत्रमा चलाइयो डोजर

गौरवको आयोजनाका रूपमा हेरिएको यस परियोजनालाई पूर्णता दिन महानगरले सक्रियता देखाएको हो।

काठमाडौं- पोखरा महानगरपालिका वडा नम्बर ९ मा झन्डै विगत ५० वर्षदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रमा पोखरा महानगरपालिकाले संरचना हटाउन सुरु गरेको छ।

लामो समयदेखि योजनामै सीमित रहेको यस बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा बिहीबार डोजर चलाइएको हो।

विगत ५० वर्षदेखि विभिन्न कारणले बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। महानगरले उक्त क्षेत्रमा रहेका अनधिकृत संरचना र अवरोधहरू हटाउँदै निर्माण कार्यलाई अगाडि बढाउने लक्ष्य राखेको छ। गौरवको आयोजनाका रूपमा हेरिएको यस परियोजनालाई पूर्णता दिन महानगरले सक्रियता देखाएको हो।


प्रकाशित : बिहीबार , असार ४ २०८३११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend