बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ४ २०८३
पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार

सरकारले आर्थिक वर्ष २०८३-०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि  एक करोड रुपैयाँ विनियोजन गरेको छ।

 बागमती- बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ।

सरकारले आर्थिक वर्ष २०८३-०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि  एक करोड रुपैयाँ विनियोजन गरेको छ।

तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए। सरकारले पत्रकारहरूका लागि समाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेसागत सुरक्षाका लागि सहयोग पुग्ने बताउँदै उनले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

उक्त कार्यक्रमसहित सञ्चार क्षेत्रको हित र प्रवद्र्धनका लागि विनियोजित विभिन्न कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पनि उनले सम्बन्धित सबैमा आग्रह गरे।

प्रकाशित : बिहीबार , असार ४ २०८३१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend