बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेप्सेमा सामान्य सुधार, कारोबार घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ३ २०८३
नेप्सेमा सामान्य सुधार, कारोबार घट्यो

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ०.०८ अंकले बढेर २७०५.५३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ६.३१  अंकले घटेर बन्द भएको थियो।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ०.०८ अंकले बढेर २७०५.५३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ६.३१  अंकले घटेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ५२ कम्पनीको ८३ लाख ७५ हजार ४ सय ७१ कित्ता सेयर ४४ हजार ५ सय ४२ पटक किनबेच भएको छ। ३ अर्ब ६३ करोड ३७ लाख ५८ हजार ९ सय १० रुपैयाँको कारोबार भएको छ।

आज सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ८ उपसमूहको परिसूचक घटेको छ। ७ उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६० अंकले घटेको छ।

बैंकिङ ०.१८, होटल तथा पर्यटन ०.६४, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.५५, अन्य ०.०८ तथा व्यापार ०.६० प्रतिशत घटे। त्यस्तै उत्पादन तथा प्रशोधन ०.५१, लगानी ०.५३, हाइड्रोपावर ०.३०, फाइनान्स ०.१४ प्रतिशत घटेको छ। 


प्रकाशित : बुधबार, असार ३ २०८३१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend