काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुनको मूल्य तोलामा १ हजार २ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी ४ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ।
मंगलबार एक तोला सुनको मूल्य २ लाख ९८ हजार ५ सय र चाँदी ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ३ सय ४९ र त्यति नै परिमाणको चाँदी ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।