मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २ २०८३
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं- स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २ सय २ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप  ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ।

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २ सय २ सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप  ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ। रु

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दाबीबापत एक अर्ब तीन करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो ।

उनका अनुसार गत जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत  ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएकामा सोही महिनाको २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरियो। गत मङ्सिरसम्मको बीमा दाबीमध्ये भुक्तानी दिन बाँकी सात अर्ब रुपैयाँ र पुसदेखि असारसम्मको  साढे १४ रुपैयाँ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ।

सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। रासस


प्रकाशित : मंगलबार, असार २ २०८३१८:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend