मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २ २०८३
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। आज सुन तोलाको ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो।

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। आज सुन तोलाको ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९८ हजार २ सय रुपैयाँ रहेको थियो। 

त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १५ रुपैयाँ रहेको थियो।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंष ४ हजार ३२७ दशमलव ६६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो। 


प्रकाशित : मंगलबार, असार २ २०८३१२:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend