बिहीबार , जेठ ३ गते २०८१    
images
images

टेलिकमले ल्यायो नेट भ्वाइस अफर, कुन सेवाको कति शुल्क?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
images
images
टेलिकमले ल्यायो नेट भ्वाइस अफर, कुन सेवाको कति शुल्क?
images
images

काठमाडौं- नेपाल टेलिकमले अल नेट भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ। टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने सस्तो मुल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ।  

images
images
images

टेलिकमले हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित सस्तो मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो। 

images

नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २ सय ६५ रुपैयाँ र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक  ५ सय ५० रुपैयाँ उपल्ध गराएको थियो। 

images
images

यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राती १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक २५ रुपैयाँ मा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।  

images
images

साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म  १२ रुपैयाँमा ३० मिनेट र  १५ रुपैयाँ मा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुन टेलिकमले जनाएको छ। 

५ सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको टेलिकमले जनाएको छ। 

अब  ५सय ९९ रुपैयाँ मा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने टेलिकमले जनाएको छ।  साथै ७ सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था टेलिकमले जनाएको छ।

यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिने टेलिकमले जनाएको छ।  ९ सय ९९ रुपैयाँ र  १ हजार ४सय ९९ रुपैयाँ प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुने टेकिलमले जनाएको छ।

त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ। 

यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुने टेलिकलमे जनाएको छ। नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ। 


प्रकाशित : बुधबार, चैत १६ २०७८११:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend