काठमाडौं- गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८३ को बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
कुल बजेटमा १२ अर्ब ७२ करोड चालुतर्फ र २० अर्ब २ करोड पुँजीगतर्फ विनियोजन गरिएको छ।
बजेटको स्रोत व्यवस्थापनका लागि वित्तीय हस्तान्तरणबाट ७ अर्ब ८४ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड, रोयल्टीबाट ५१ करोड, ससर्त अनुदानबाट ३ अर्ब ९३ करोड, समपूरक अनुदानबाट ५५ करोड र विशेष अनुदानबाट ३९ करोड रहेको छ।
प्रदेश सरकारले आगामी वर्ष ५ अर्ब ८४ करोड राजस्वबाट उठाउने भएको छ भने २ अर्ब मौजदातबाट व्यवस्थापन हुने अनुमान गरिएको छ।
गण्डकी प्रदेशले १ अर्ब ७५ करोड आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ।
