काठमाडौं- ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
जसबाट राज्यकोषमा १० लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ६५ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय ५, एकतर्फी सडकमा सवारी चलाउने १ सय १७ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय २८ गरी कुल २ हजार २५ जनालाई कारबाही गरिएको हो।
