आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ३१ २०८३
सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलाको १ हजार २ सय  रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५५ रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदीको मूल्य ४ हजार ८ सय ४० रुपैयाँ रहेको थियो। 

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो। 

प्रकाशित : आइतबार, जेठ ३१ २०८३११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend