काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ८६ हजार ७ सय रुपैयाँ रहेको थियो।
त्यस्तै चाँदीको मूल्य तोलामा १ सय ९० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६सय ५० रुपैयाँ रहेको थियो।
नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।
