काठमाडौं- बितेका २४ घण्टामा दुई हजार २ सय २३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १सय ७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय १८ जनालाई कारबाही गरिएको हो।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १ सय २० र अन्य सवारी नियम पालना नगरेका एक हजार २ सय ५१ जनालाई कारबाही गरिएको हो।
