शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २९ २०८३
विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका-६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

काठमाडौं- काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका-६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

उनले भने, 'रुकुकुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै ३५ लाख तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै तीन लाख ५० हजार रुपैयाँ लिइ विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो।' 

उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए। रासस

प्रकाशित : शुक्रबार, जेठ २९ २०८३०९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend