बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

लक्ष्मी हुन्डाईले पायो आईएमईए सर्भिस पर्फर्मेन्स अवार्ड

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २८ २०८३
लक्ष्मी हुन्डाईले पायो आईएमईए सर्भिस पर्फर्मेन्स अवार्ड

काटमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड प्राप्त गरेको छ।

काटमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड प्राप्त गरेको छ।

गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत सम्भार  र उच्च ग्राहक सन्तुष्टिका लागि कम्पनीलाई यो सम्मान दिइएको हो। जसले गाडी बिक्रीभन्दा बढी ग्राहकको अनुभवलाई महत्व दिने हुन्डाईको बुझाइलाई प्रस्ट पार्छ।

धेरैजसो अटोमोबाइल ब्रान्डहरूले बिक्री र शोरुममा मात्र ध्यान दिँदा लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिको रूपमा विकास गरेको छ। 

ग्राहकलाई गाडी चढुन्जेल भरपर्दो सहयोग मिलोस्भन्ने उद्देश्यले कम्पनीले लगातार आफ्ना सेवा केन्द्रहरूको सञ्जाल बढाउन, कर्मचारीहरूको क्षमता सुधार्न र भौतिक पूर्वाधार आधुनिक बनाउन लगानी गरिरहेको छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लक्ष्मी हुन्डाईले यसरी ग्राहक सेवाको विश्वस्तरीय मापदण्ड कायम गरेर पुरस्कार जित्नु देशकै लागि गौरवको क्षण हो। कम्पनीले बिक्रीपछिको सेवालाई छोटो अवधिको व्यापार नभई दीर्घकालीन प्रतिबद्धता मान्दै आएको छ।

यो ठूलो सफलता सिङ्गो लक्ष्मी हुन्डाई टोलीको निरन्तर मेहनत, लगनशीलता र ग्राहकलाई सधैं पहिलो प्राथमिकतामा राख्ने साझा प्रयासको नतिजा हो।यस  अवसरमा लक्ष्मी हुन्डाईले आफ्ना सम्पूर्ण आदरणीय ग्राहकहरूलाई अटुट विश्वास र साथका लागि हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

साथै, यो अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल हुने आफ्ना कर्मचारीहरूको कडा मिहिनेतको उच्च कदर गरेको छ। यो सम्मानले लक्ष्मी हुन्डाईलाई आगामी दिनमा नेपाली गाडी बजारमा उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिका नयाँ मापदण्डहरू स्थापना गर्न थप बल पुर्‍याएको छ।


प्रकाशित : बिहीबार , जेठ २८ २०८३१७:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend