बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

कांग्रेस सचेतक निष्कल राईको प्रश्न: ‘करको दर कसको स्वार्थमा फेरियो?’

बिहीबार , जेठ २८ २०८३
कांग्रेस सचेतक निष्कल राईको प्रश्न: ‘करको दर कसको स्वार्थमा फेरियो?’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निष्कल राई ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि करका दर हेरफेर र आर्थिक विधेयक संशोधन प्रक्रियाबारे कडा प्रश्न उठाएका छन्।

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निष्कल राई ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि करका दर हेरफेर र आर्थिक विधेयक संशोधन प्रक्रियाबारे कडा प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले कर प्रणालीमा बारम्बार गरिएको परिवर्तनप्रति आपत्ति जनाउँदै त्यसको औचित्यमाथि प्रश्न गरेका हुन्।

राईले संसदमा प्रस्तुत भइसकेको आर्थिक विधेयकलाई कार्यपालिका तहबाट मनलाग्दी रूपमा हेरफेर गर्नु संवैधानिक मर्मविपरीत हुने भन्दै आपत्ति जनाए। उनका अनुसार यस्तो अभ्यासले संसदको अधिकारमाथि हस्तक्षेप गरेको संकेत गर्छ।

उनले अर्थमन्त्रीलाई लक्षित गर्दै 'करका दरमा बारम्बार हेरफेर किन भयो, कसको स्वार्थमा भयो?' भन्दै प्रश्न उठाए। साथै, संसदमा पेश भइसकेको विधेयक संसदकै सम्पत्ति हुने भएकाले त्यसलाई सरकार आफैंले सच्याउन वा परिवर्तन गर्न नपाउने तर्क पनि उनले गरे।

सचेतक राईले करको दर परिवर्तन कुनै बाह्य दबाब वा स्वार्थ समूहको प्रभावमा भएको हो कि भन्ने आशंका व्यक्त गर्दै त्यसको स्पष्टिकरण माग गरेका छन्।


प्रकाशित : बिहीबार , जेठ २८ २०८३१६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend