काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।
आज सुन तोलाको ५ हजार १ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८६ हजार ७ सयरुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुन तोलाको २ लाख ९१ हजार ८ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ९० रुपैयाँले घटेर ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन चाँदी तोलाको ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।
