बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो, असार २ गतेसम्म आवेदन दिन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २८ २०८३
सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो, असार २ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं- सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ।

काठमाडौं- सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर सफलतापूर्वक बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ खोलेको हो।

कम्पनीले आफ्नो कुल ३४ करोड रुपैयाँ जारी पुँजीको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ४२ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि यसअघि नै बाँडफाँट भइसकेको छ। बाँकी रहेको सेयरमध्ये १७ हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता सेयर अहिले सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने  अवधि असार २ गतेसम्म तोकिएको छ। उक्त अवधिसम्म मागबमोजिम पूर्ण आवेदन नपरेको खण्डमा निष्कासन अवधि असार ११ गतेसम्म थप हुन सक्नेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखाहरू र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो सेयर' सफ्टवेयर वा मोबाइल एपमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।

धितोपत्र बोर्डको नियमअनुसार गरिएको क्रेडिट रेटिङमा केयर रेटिङस नेपालले सर्वोत्तम पेन्ट्सलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ।


प्रकाशित : बिहीबार , जेठ २८ २०८३१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend