बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

‘गल्ती नगरेको हो भने संसदीय छानबिनबाट किन डराउने?’- अर्थमन्त्रीलाई सांसद ज्ञानेन्द्र शाहीको चुनौती

बुधबार, जेठ २७ २०८३
‘गल्ती नगरेको हो भने संसदीय छानबिनबाट किन डराउने?’- अर्थमन्त्रीलाई सांसद ज्ञानेन्द्र शाहीको चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले बजेट निर्माण प्रक्रियामा भएको भनिएको सूचना चुहावट, करका दर हेरफेर तथा राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले बजेट निर्माण प्रक्रियामा भएको भनिएको सूचना चुहावट, करका दर हेरफेर तथा राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

अर्थमन्त्रीलाई सम्बोधन गर्दै शाहीले नेपालको इतिहासकै ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा संसद् र संसदीय समितिमार्फत पूर्ण सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।

उनले बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी पुग्ने आशंकासँग जोडिएका विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठनका लागि अर्थमन्त्रीले सहयोग गर्नुपर्ने बताएका छन्।

'यदि तपाईंले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट?' भन्दै शाहीले प्रश्न गरेका छन्।

उनले सत्यतथ्य बाहिर ल्याउने सबैभन्दा उपयुक्त माध्यम निष्पक्ष छानबिन नै भएको उल्लेख गर्दै संसद्को विश्वास कायम राख्न र जनतामा उठेका शंकाको समाधान गर्न सरकारले छानबिन प्रक्रियामा सहयोग गर्नुपर्ने माग गरेका छन्।


प्रकाशित : बुधबार, जेठ २७ २०८३१४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend