काठमाडौं- नेपालका लागि आईकारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले लोकप्रिय ‘आईकार भी २३’मा विशेष सीमित-स्टक अफर घोषणा गरेको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले ५० लाख ९९ हजार रुपैँयाको पूर्व-बजेट मूल्यमा ‘आईकार भी २३’ खरिद गर्न सक्नेछन्।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा ‘आईकार भी २३’को आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार निर्धारण गरिएको छ।
तथापि, ग्राहकहरूको उल्लेखनीय रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले सीमित संख्यामा उपलब्ध स्टकका लागि ‘आईकार भी २३’ लाई पुरानै मूल्य ५० लाद ९९ हजार रुपैयाँमा उपलब्ध गराउने निर्णय गरेको हो ।
यस विशेष अफरमार्फत ग्राहकहरूले ३ लाखसम्मको प्रत्यक्ष बचत गर्न सक्नेछन्। सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरी संशोधित आधिकारिक मूल्य ५० लाख ९९ हजार अनुसार हुनेछन्।
‘आईकार भी २३’ नेपालका सबैभन्दा आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीमध्ये एकका रूपमा स्थापित भइसकेको छ । रेट्रो-प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ केडब्लूएच ब्याट्री क्षमता, ४ सय १ किलोमिटर सम्मको ड्राइभिङ रेन्ज, तथा २ सय १० मिमी ग्राउण्ड क्लियरेन्स जस्ता विशेषताले यसलाई अझ विशिष्ट बनाएको छ।
यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाहरूले यसलाई नेपाली ईभी पारखीहरूको रोजाइको गाडी बनाएको छ।
यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकलाई देशभर रहेका आफ्नो नजिकको आईकार शोरुम वा आधिकारिक डिलरशिपमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ। यो अफर केवल हाल उपलब्ध स्टकमा मात्र लागू हुनेछ र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुने कम्पनीले जनाएको छ।
