बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २७ २०८३
कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैयाँबराबरको २८ लाख ७० हजार कित्ता सेयर निष्कासन गरेको थियो। सो निष्कासनमा  २९ लाख १ हजार ९ सय २४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।

जसमध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।


प्रकाशित : बुधबार, जेठ २७ २०८३१२:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend