बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुविधाजनक अवस्थाकै निरन्तरता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २६ २०८३
अर्थतन्त्रको बाह्य क्षेत्रमा सुविधाजनक अवस्थाकै निरन्तरता

आन्तरिक अर्थतन्त्रमा मागमा आएको संकुचन तथा रेमिट्यान्सको तीव्र वृद्धिका कारणले बाह्य क्षेत्रको अवस्था सुविधाजनक अवस्थामा रहेको छ।

काठमाडौं- अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था निरन्तर सुविधाजनक अवस्थामा रहेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार थप सुविधाजनक अवस्थाको निरन्तरता पाएको हो। 

चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार चालु खाता ७ खर्ब २९ अर्बले बचतमा रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ खर्ब ७२ अर्बले बचतमा थियो। 

त्यस्तै शोधनान्तर अवस्थाल पनि ८ खर्ब ६३ अर्बले बचतमा रहेको छ। गत वर्षको यही अवधिमा ४ खर्ब ३८ अर्बले बचतमा थियो। 

आन्तरिक अर्थतन्त्रको मागमा आएको संकुचन तथा रेमिट्यान्सको तीव्र वृद्धिका कारणले बाह्य क्षेत्रको अवस्था सुविधाजनक अवस्थामा रहेको छ। 

 यो वर्षको दश महिनामा १६ अर्ब वैदेशिक लगानी भित्रिकएको छ भने १९ खर्ब १६ अर्ब रेमिट्यान्स आएको छ। 

बैशाखसम्म मुलुकको विदेशीको मुद्राको सञ्चिति २४ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ। गएको दश महिनामै विदेशी मुद्राको सञ्चिति २४ प्रतिशतले बढेको छ। यो सञ्चितिले १९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको छ। 


प्रकाशित : मंगलबार, जेठ २६ २०८३१८:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend