काठमाडौं- नेपालका लागि आईकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले लोकप्रिय आईकार भी२३ मा विशेष सीमित(स्टक अफर घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले ५० लाख ९९ हजार रुपैयाँको पूर्व-बजेट मूल्यमा खरिद गर्न सक्नेछन्।
हाल आईकार भी२३ बजेटपछिको आधिकारिक मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा आईकार भी२३ को आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार निर्धारण गरिएको छ।
तथापि ग्राहकहरूको उल्लेखनीय रुची र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै एसपीजी अटोमोबाइल्सले सीमित संख्यामा उपलब्ध स्टकका लागि आईकार भी२३ लाई पुरानै मूल्य ५० लाख ९९ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
यस विशेष अफरमार्फत ग्राहकहरूले ३ लाखसम्मको प्रत्यक्ष बचत गर्न सक्नेछन्। सीमित स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित आधिकारिक मूल्य ५३ लाख ९९ हजार रुपैयाँ अनुसार हुनेछन्।
आईकार भी२३ नेपालका सबैभन्दा आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभीहरूमध्ये एकका रूपमा स्थापित भइसकेको छ। रेट्रो-प्रेरित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि, ५९.९३ केडब्लूएच ब्याट्री क्षमता, ४०१ किलोमिटर (सीएलटीसी)सम्मको ड्राइभिङ रेन्ज, तथा २१० एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषताले यसलाई अझ विशिष्ट बनाएको छ। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा आधुनिक सुविधाहरूले यसलाई नेपाली ईभी पारखीहरूको रोजाइको गाडी बनाएको छ।
यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकहरूलाई देशभर रहेका आफ्नो नजिकको आईकार शोरुम वा आधिकारिक डिलरशिपमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ। यो अफर केवल हाल उपलब्ध स्टकमा मात्र लागु हुनेछ र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुनेछ।
