शनिबार, साउन ९ गते २०८३    
शनिबार, साउन ९ २०८३

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २६ २०८३
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन

काठमाडौं- ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।  यसबाट राज्यकोषमा  २१ लाख ९२ हजार ५ सय  रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं- ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।  यसबाट राज्यकोषमा  २१ लाख ९२ हजार ५ सय  रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ५१ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १ सय ४५ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ४५, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय ५१, एकतर्फी सडकमा सवारी चलाउने १ सय ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३ सय ९४ गरी कुल २ हजार ३ सय ९२ जनालाई कारबाही गरिएको हो।

प्रकाशित : मंगलबार, जेठ २६ २०८३१४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend