काठमाडौं- नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फिफा वर्ल्ड कप २०२६ सँग हुण्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै 'वर्ल्ड कप टु वर्ल्ड कप' अफर सार्वजनिक गरेको छ।
फिफा वर्ल्ड कप २०२६ को आधिकारिक साझेदारका रूपमा हुण्डाईले मोबिलिटी, जोस र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ। यसै भावनालाई नेपालमा पनि विस्तार गर्दै यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ। एक वर्ल्ड कपदेखि अर्को वर्ल्ड कपसम्म ग्राहकलाई साथ दिने गरी डिजाइन गरिएको यस योजनामा विशेष ओनरसिप बेनिफिट्स अर्थात् स्वामित्व लाभहरू समावेश गरिएका छन्।
यस आकर्षक योजना अन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी पाउनुका साथै निश्चित मोडलका गाडीहरूको खरिदमा ४ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै ग्राहकहरूले ४४ हजार ४ सय ४४ रुपैयाँसम्मको विशेष वर्ल्ड कप बोनस समेत प्राप्त गर्ने अवसर पाउनेछन्। गाडी खरिदकर्ताहरूलाई थप राहत दिनका लागि कम्पनीले एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स अर्थात् विस्तृत बीमा सुविधा र पुरानो गाडीसँग नयाँ गाडी साट्नका लागि सहज 'स्पट एक्सचेन्ज' तथा उचित मूल्याङ्कनको व्यवस्था पनि मिलाएको छ।
विद्युतीय गाडी रुचाउने ग्राहकहरूका लागि कम्पनीले आठ वर्षको हाई भोल्टेज ब्याट्री वारेन्टी र छ वर्षसम्मका लागि नि:शुल्क गाडी मर्मत तथा सर्भिसिङ सुविधा उपलब्ध गराएको छ। कम्पनीका अनुसार यो अभियानले ग्राहकको सन्तुष्टि र लाभदायक ओनरसिप अनुभवप्रति हुण्डाईको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। आकर्षक बचत, बीमा लाभ, बोनस सुविधाहरू, र सहज एक्सचेन्ज सुविधाका साथै लामो अवधिको वारेन्टीले ग्राहकहरूलाई दीर्घकालीन मूल्य र पूर्ण ढुक्कता प्रदान गर्ने कम्पनीको दाबी छ। 'वर्ल्ड कप टु वर्ल्ड कप' अभियानमार्फत हुण्डाईको स्वामित्व अझ बढी फलदायी, सुविधाजनक र भरोसायोग्य बन्ने विश्वास लिइएको छ।
नेपालमा बलियो विरासत र देशव्यापी बिक्री तथा सेवा सञ्जाल रहेको हुण्डाई, विश्वास, नवीनता, विश्वसनीयता र प्रगतिशील मोबिलिटीका लागि चिनिन्छ। हुण्डाई नेपालले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई नजिकैको हुण्डाई शोरुममा गई यो सीमित अवधिको अफरको लाभ उठाउन हार्दिक निमन्त्रणा गरेको छ। हुण्डाईका साथ, विशेष सुविधाहरूका साथ हरेक माइलको उत्सव मनाउन कम्पनीले आग्रह गरेको छ।
