आइतबार, जेठ २४ गते २०८३    
आइतबार, जेठ २४ २०८३

सीजीको 'वर्ल्ड कप टु वर्ल्ड कप' योजना सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २४ २०८३
सीजीको 'वर्ल्ड कप टु वर्ल्ड कप' योजना सार्वजनिक

नेपाली दर्शकहरूको यही उत्साह र फुटबलप्रतिको अपार मायालाई अझ भव्य बनाउन नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी र यसको प्रिमियम सिरिज 'सीजी मेरिडिया' ले आफ्ना टेलिभिजनहरूमा आकर्षक 'वर्ल्ड कप टु वर्ल्ड कप' योजना सार्वजनिक गरेको छ।

काठमाडौं- 'विश्वकप' को ज्वरोले यतिबेला संसारभरका प्रशंसकहरूलाई छोइसकेको छ।

नेपाली दर्शकहरूको यही उत्साह र फुटबलप्रतिको अपार मायालाई अझ भव्य बनाउन नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी र यसको प्रिमियम सिरिज 'सीजी मेरिडिया' ले आफ्ना टेलिभिजनहरूमा आकर्षक 'वर्ल्ड कप टु वर्ल्ड कप' योजना सार्वजनिक गरेको छ।

फुटबलको खेल हरेक ४ वर्षमा आउने कुरालाई मध्यनजर गर्दै, कम्पनीले उपभोक्ताको घरमा ४ वर्षसम्मकै ढुक्कको अनुभव प्रदान गर्न '४ वर्षको खेल, ४ वर्षकै वारेन्टी!' को यो विशेष अफर ल्याएको हो।

यस योजना अन्तर्गत सीजी तथा सीजी मेरिडियाका टेलिभिजनहरू खरिद गर्दा ग्राहकहरूले पहिलो आकर्षणको रूपमा आकर्षक छुट स्वरूप ३६ हजार रुपैयाँसम्मको महा-क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

दोस्रो आकर्षणको रूपमा विश्वकपको ४ वर्षे साइकललाई थिम बनाएर कम्पनीले सीमित मोडलका टेलिभिजनहरूमा ४ वर्षको ढुक्कको वारेन्टी २+२ इयर्स वारेन्टी प्रदान गरेको छ। यस अन्तर्गत ग्राहकले २ वर्षको पूर्ण वारेन्टी र थप २ वर्षको सर्भिस वारेन्टीप्राप्त गर्नेछन्। 

तेस्रो आकर्षक सुविधाको रूपमा टिभी खरिद गर्न चाहने तर एकैपटक रकम तिर्न गाह्रो हुने ग्राहकका लागि कम्पनीले 'तुरुन्तै सजिलो ईएमआई' को व्यवस्था गरेको छ, जसका लागि झन्झटिलो कागजी प्रक्रियाबिनै केवल 'नागरिकता' मात्र भए पुग्नेछ।
यो 'वर्ल्ड कप टु वर्ल्ड कप' योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपाल अधिराज्यभरि लागू हुनेछ।

विगत २ दशकदेखि नेपाली उपभोक्ताको घर-आँगनमा जोडिएको सीजी ब्रान्डका यी अत्याधुनिक टिभीहरू देशभर रहेका २१ वटा अत्याधुनिक 'सीजी डिजिटल' शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन सीजीडिजिटल डट कम डट एनपी, सीजीइन्स्पायरिङलाइफ डट कम मार्फत सहजै खरिद गर्न सकिन्छ। साथै, देशभर फैलिएका ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।


प्रकाशित : आइतबार, जेठ २४ २०८३१५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend