आइतबार, जेठ २४ गते २०८३    
आइतबार, जेठ २४ २०८३

कुमारी बैंक र बीएण्डबी अस्पतालबीच छुट सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २४ २०८३
कुमारी बैंक र बीएण्डबी अस्पतालबीच छुट सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरु इन्प्याटेन्ट, आउटप्याटेन्ट आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ।

विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै, बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ।

बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै, बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ।


प्रकाशित : आइतबार, जेठ २४ २०८३११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend