काठमाडौं- नेपाली बजारमा आज आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार र चाँदी ३ सय ३५ रुफैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ८ हजार रुपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य ४ हजार ८ सय ९५ रुपैयाँ निर्धारण भएको छ।
गत शुक्रबार एक तोला सुन ३ लाख ९ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५ सय र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
