काठमाडौं- बलियो स्टार्टअपबाट अब्बल विद्युतीय सवारी ब्रान्डको रुपमा स्थापित हुने क्रममा रहेको लिपमोटरका विद्युतीय सवारी नेपाली बजारमा पनि उपलब्ध छन्। लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले सी १०, बी १० र टी ०३ उपलब्ध गराउँदै आएको छ।
लिपमोटरको सी १०ले सफलता हासिल गरेपछि कम्पनीले सिटी कार टी ०३ र त्यसपछि नयाँ एसयूभी बी १० नेपाली बजारमा ल्याएको थियो। यसअघि विद्युतीय कारमा मोटरको पिक पावरमा कर लाग्दै आएको थियो। लिपमोटरका सी १० तथा बी १० दुबैमा १ सय ६० किलोवाट पिक पावरको मोटर थियो।
जेठ १५ मा आएको नयाँ बजेटसँगै विद्युतीय कारमा पिक पावरमा नभइ मूल्यका आधारमा कर लाग्ने व्यवस्था गरियो। त्यसलगत्तै सांग्रिला मोटर्सले बी १०मा नयाँ घोषणा गर्ने बताएका छन्।
कम्पनीले बी १० मा केही मूल्य घटाउन लागेको अनुमान गर्न सकिन्छ। आइतबार सांग्रिला मोटर्सले लाजिम्पाट स्थित शोरुममा लिपमोटर बी १० मा नयाँ बजेटसँगै फेरिएको करका दरअनुसार कम कर लाग्ने भएकाले त्यो उपभोक्तामा हस्तान्तरण गर्न मूल्य घटाउन लागेको अनुमान गरिएको छ।
रियर ह्वील ड्राइभ सिस्टम भएको बी १० मा शक्तिशाली १६० किलोवाट क्षमताको मोटर छ। जसले २ सय ४० एनएम टर्क प्रदान गर्छ।
बी १० दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको छ। यसमा ५७ र ६७ किलोवाट आवरका दुई ब्याट्री छन्। जसले क्रमशः ३ सय ६१ किमी र ४ सय ३४ किमी डब्लूएलटीपी रेन्ज दिन्छ। ११ किलोवाट क्षमताको एसी चार्जर र १६८ किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्ने बी १० को ब्याट्रीलाई २० मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ।
यसको लम्बाइ ४५ सय १५ एमएम, चौडाइ १८ सय ८५ एमएम र उचाइ १६ सय ५५ एमएम छ । यसमा २७ सय ३५ एमएम लामो ह्वीलबेस छ। बी १० एसयूभीमा एडास लेभल टू, लाइडार, स्न्यापड्रागनको चीप, ३६० डिग्री क्यामेरा, एम्बियन्ट लाइट, १२ स्पीकरसहितको अडियो सिस्टम लगायत विशेषता छन्।
साथै यसमा सनरुफ, लेदर सिट, हिटिङ र भेन्टिलेटेड सुविधा यसमा पाउन सकिन्छ। फ्लस पप आउट डोर ह्याण्डल, १८ इन्चको अलोय ह्वील छ।बी १० नेपाली बजारमा उपलब्ध यही सेगमेन्ट एसयूभीको तुलनामा निक्कै अब्बल रहेको छ।
