शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

नेप्से परिसूचक ११ अंकले घट्यो, कारोबार बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २२ २०८३
नेप्से परिसूचक ११ अंकले घट्यो, कारोबार बढ्यो

आजको कारोबारमा ३ सय ५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८ सय ६८ कित्ता सेयर ५१ हजार ६ सय १ पटक किनबेच भएको छ।

काठमाडौं- साताको पाँचाौ तथा अन्तिम कारोबार दिन आज शुक्रबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११.३७ अंकले घटेर २७५५.४१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १३.४६ अंकले घटेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८ सय ६८ कित्ता सेयर ५१ हजार ६ सय १ पटक किनबेच भएको छ।

आज अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने बढेको छ। आज ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८ सय २३ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारमा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९ सय ४४ रुपैयाँको कारोबार भएको थियो।

आज कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ५५ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ९ उपसमूहको परिसूचक घटेको छ। ४ उपसमूहको परिसूचक बढेको छ। वित्त उपसमूकको परिसूचक सबैभन्दा धेरै २.७७ प्रतिशतले बढेको छ।


प्रकाशित : शुक्रबार, जेठ २२ २०८३१५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend