शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, असार ५ गतेभित्र सुझाव दिन आह्वान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २२ २०८३
मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, असार ५ गतेभित्र सुझाव दिन आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि सरोकारवाला तथा सर्वसाधारणसँग राय र सुझाव माग गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि सरोकारवाला तथा सर्वसाधारणसँग राय र सुझाव माग गरेको छ। 

बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै नीतिलाई थप प्रभावकारी र व्यावहारिक बनाउन सुझाव आह्वान गरेको हो। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गर्दै आएको छ। सोही व्यवस्था अन्तर्गत आगामी वर्षको नीतिका लागिसमेत विभिन्न क्षेत्रको राय संकलन गर्न लागिएको हो।  

इच्छुक व्यक्ति, संघसंस्था तथा सरोकारवालाहरूले आगामी २०८३ साल असार ५ गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा आफ्ना सुझावहरू पठाइसक्नुपर्नेछ।

प्रकाशित : शुक्रबार, जेठ २२ २०८३१३:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend