काठमाडौं- विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव नजिकिँदै गर्दा, सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको प्रिमियम टेलिभिजन ब्रान्ड सेन्सेइले आफ्ना ग्राहकहरूका लागि विशेष ‘सेन्सेइमा विश्वकप हेरौँला’ उपहार योजना सार्वजनिक गरेको छ। नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले ल्याइएको यस अफरमा आकर्षक उपहार, विस्तारित वारेन्टी तथा सहज ईएमआई सुविधा समावेश गरिएको छ।
यस योजना अन्तर्गत सेन्सेइ टिभी खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमार्फत फ्रि एसी जित्ने अवसर प्राप्त गर्नेछन्। साथै ग्राहकहरूले रु. २३,४०० सम्मको आकर्षक क्यासब्याक सुविधा पनि प्राप्त गर्न सक्नेछन्। विश्वकपको उत्साहलाई अझ लामो समयसम्म कायम राख्ने उद्देश्यले सेन्सेइले यस अभियानमा विशेष २४+२४ महिना सर्भिस वारेन्टी समेत उपलब्ध गराएको छ।
सेन्सेइ स्मार्ट टिभीहरूमा उपलब्ध फोर-के अल्ट्रा एचडी डिस्प्ले, डोल्बी अडियो तथा वेबओएस स्मार्ट प्लेटफर्म जस्ता अत्याधुनिक प्रविधिहरूले विश्वकपका हरेक गोल, हरेक उत्साह र हरेक क्षणलाई जीवन्त रूपमा अनुभव गर्न मद्दत गर्नेछन्। उत्कृष्ट चित्र गुणस्तर, स्पष्ट ध्वनि र सहज स्मार्ट फिचरहरूको संयोजनले घरलाई नै विश्वकप हेर्ने आदर्श गन्तव्य बनाउने कम्पनीको दाबी छ।
'विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो। सेन्सेइको अत्याधुनिक प्रविधि, विशेष वारेन्टी र आकर्षक उपहार योजनाले ग्राहकहरूलाई चार वर्षको विश्वकप, चार वर्षकै विश्वसनीयताले अझ विशेष बनाउनेछ,' कम्पनीले जनाएको छ।
ग्राहकहरूको पहुँचलाई अझ सहज बनाउन नागरिकता मात्रको आधारमा सरल ईएमआई सुविधा समेत उपलब्ध गरिएको छ, जसले प्रिमियम मनोरञ्जनलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ।
यस अवसरमा सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण फुटबलप्रेमी नेपालीहरूलाई विश्वकपको रोमाञ्चक यात्रा सेन्सेइसँगै मनाउन आग्रह गरेको छ। कम्पनीका अनुसार यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभरका आधिकारिक सीजी इलेक्ट्रोनिक्स शोरुम तथा विक्रेतामार्फत लागु हुनेछ।
सेन्सेइ ब्रान्डले नेपाली बजारमा रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर र एलईडी टिभी जस्ता विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। जापानी इन्जिनियरिङमा आधारित डिजाइन, उच्च टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइले छोटो समयमै नेपाली उपभोक्तामाझ एक विश्वासिलो ब्रान्डको पहिचान बनाएको छ।
देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका शोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत यो योजनाको लाभ उठाउन सकिनेछ। कम्पनीले यस योजनामार्फत ग्राहकहरूलाई भरपर्दो खरिद अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ भने यसमा केही शर्तहरू लागु हुने जानकारी समेत दिएको छ।
