बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चौकिटोल र लालझाडी पुल निर्माणको प्रगति ७० प्रतिशत

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
चौकिटोल र लालझाडी पुल निर्माणको प्रगति ७० प्रतिशत

मकवानपुर- हेटौँडा उपमहानगरपालिका-१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोडने पक्की पुल निर्माण भइरहेको छ।

मकवानपुर- हेटौँडा उपमहानगरपालिका-१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोडने पक्की पुल निर्माण भइरहेको छ।

पूर्वाधार विकास कार्यालय मकवानपुरले निर्माण गरिरहेको पुलको तीन स्पान मध्ये दुईको निर्माण भइसकेको छ। पूर्वाधार विकास कार्यालय मकवानपुरका कार्यालय प्रमुख सुजन भण्डारीले नौ करोड ३२ लाख ४९ हजार रुपैयाँको लागतमा निर्माणाधीन पुलको हालसम्म भौतिक प्रगति ७० प्रतिशत  पुगेको छ। 

आगामी असोज महिनासम्ममा पूरा गर्ने लक्ष्य लिइएको उक्त पुल निर्माणपछि स्थानीय लालझाडी, मैनटार, नकौली, घ्याङसिङटार, घटटेखोला, फेदिगाउँ, बोकेदह हेटौँडा उपमहानगरपालिका-१९ को डुमारे, लेकपानी, ज्यामिरे र मनहरी गाउँ पालिकाको सरिखेत पलांंसे क्षेत्रका २५ हजार जनता लाभान्वित हुने छन्।

त्यस क्षेत्रमा उत्पादन हुने तरकारी, अन्न र फलफूल हेटौँडालगायत सहरमा पुर्‍याउँदा किसान र उपभोक्तालाई फाइदा पुग्नेछ। पुल निर्माण भएपछि त्यस क्षेत्रमा पर्यटन प्रवर्द्धनको सम्भावना रहेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २१ २०८३१६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend