बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विश्व फुटबल नजिकिँदै गर्दा टीसीएलको नयाँ योजना, आकर्षक क्यासब्याक र वारेन्टीको सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
विश्व फुटबल नजिकिँदै गर्दा टीसीएलको नयाँ योजना, आकर्षक क्यासब्याक र वारेन्टीको सुविधा

काठमाडौं-  विश्व फुटबल नजिकिँदै गर्दा विद्युतीय सामग्री ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरूका लागि आर यु रेडी फर ग्रेटनेस? अभियान सार्वजनिक गरेको छ। 

विश्वकपको रोमाञ्चक अनुभवलाई अझ भव्य, जीवन्त र अविस्मरणीय बनाउने उद्देश्यका साथ ल्याइएको यस योजनामा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा ईएमआई सुविधाहरू समावेश गरिएको हो।

आर यु रेडी फर ग्रेटनेस? फिल एभ्री गोल। लाइभ एभ्री मोमेन्ट। हरेक पललाई बाँच्नुहोस्। भन्ने सन्देशसहित सुरु गरिएको यो अभियानले फुटबलप्रेमी नेपालीहरूलाई आफ्नै घरमा स्टेडियम सरहको मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। 

टीसीएलका अत्याधुनिक टेलिभिजन हरूले हरेक गोल, हरेक उत्साह र हरेक ऐतिहासिक क्षणलाई अझ स्पष्ट, जीवन्त र रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ।यस विशेष योजना अन्तर्गत टीसीएल टेलिभिजन खरिद गर्ने ग्राहकहरूले २ लाख २६ रुपैयाँ सम्मको नगद फिर्ता प्राप्त गर्न सक्नेछन्। 

विश्वकपका अविस्मरणीय क्षणहरूलाई अझ विशेष बनाउन टीसीएलले २+२ वर्षको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ। जसले ग्राहकहरूलाई आगामी ४ वर्षसम्म उत्कृष्ट मनोरञ्जन अनुभवसँगै विश्वसनीय सेवाको भरोसा प्रदान गर्नेछ। 

ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै टीसीएलले  नागरिकताको आधारमा सहज मासिक किस्ता सुविधा समेत उपलब्ध गराएको छ। जसले अत्याधुनिक होम इन्टरटेन्मेन्टलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ।टीसीएलले विश्वभर आफ्नो उत्कृष्ट डिस्प्ले प्रविधि, उत्कृष्ट प्रिमियम पिक्चर क्वालिटी, शक्तिशाली अडियो अनुभव तथा बौद्धिक नवप्रवर्तनका लागि विशेष पहिचान बनाएको छ। 

कम्पनीका अनुसार यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभरका आधिकारिक सीजी इलेक्ट्रोनिक्स शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ।कम्पनीका अनुसार विश्वकप केवल खेल नभएर एक भावना हो। टीसीएलको अत्याधुनिक प्रविधिले प्रत्येक खेललाई अझ जीवन्त बनाउँदै दर्शकहरूलाई खेलमैदानको बीचमा पुगेजस्तो अनुभूति दिन्छ र यस अभियानमार्फत ग्राहकहरूलाई विश्वस्तरीय मनोरञ्जनसँगै आकर्षक लाभहरू पनि प्रदान गर्ने लक्ष्य राखिएको छ। 


प्रकाशित : बिहीबार , जेठ २१ २०८३१६:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend