बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेप्से परिसूचक १३ अंकले घट्यो, ४ अर्ब ७० करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
नेप्से परिसूचक १३ अंकले घट्यो,  ४ अर्ब ७० करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ८ सय ८३ कित्ता सेयर ५१ हजार ६ सय १ पटक किनबेच भएको छ।

काठमाडौं- साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २.६६ अंकले बढेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ८ सय ८३ कित्ता सेयर ५१ हजार ६ सय १ पटक किनबेच भएको छ।

नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ। आज ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९ सय ४४ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारमा ५ अर्ब ७३ करोड ३८ लाख ३६ हजार ७ सय ८६ रुपैयाँको कारोबार भएको थियो।

आज कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा एभरेस्ट बैंकको लिमिटेडको ४४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १२ उपसमूहको परिसूचक घटेको को छ। १ उपसमूहको परिसूचक बढेको छ।

म्युचुअल फण्ड उपसमूकको परिसूचक सबैभन्दा धेरै ०.३२ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १.७१ प्रतिशतले घटेको छ।


प्रकाशित : बिहीबार , जेठ २१ २०८३१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend