बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बागमती प्रदेशबाट ९ करोड रुपैयाँ निकासा भएसँगै गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
बागमती प्रदेशबाट ९ करोड रुपैयाँ निकासा भएसँगै गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु

ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ। हाल ५५ प्रतिशत काम पूरा भएको छ।

चितवन- रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु भएको छ।

बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो।

बागमती प्रदेश सरकारबाट ९ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए।

महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताए। रंगशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ।

ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ। हाल ५५ प्रतिशत काम पूरा भएको छ।

विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते काम सक्ने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो।

धुर्मस-सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो। रासस


प्रकाशित : बिहीबार , जेठ २१ २०८३१३:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend