बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२० मेगावाटसम्मका जलविद्युत आयोजना कर्णाली प्रदेशले सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
२० मेगावाटसम्मका जलविद्युत आयोजना कर्णाली प्रदेशले सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्ने

डोल्पामा निर्माणाधीन जगदुल्ला-ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ।

सुर्खेत- संघीय सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक-निजी साझेदारी (पीपीपी) मा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफँैले निर्माण गर्ने भएको छ ।

‘कर्णालीको पानी-जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए।

डोल्पामा निर्माणाधीन जगदुल्ला-ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ।

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ। रासस

प्रकाशित : बिहीबार , जेठ २१ २०८३१२:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend