काठमाडौं- नेपाली बजारमा ग्रेटवाल मोटर्स (जीडब्लूएम)को नयाँ पुस्ताको विद्युतीय एसयूभी ल्याउने भएको छ।
ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले फुलचार्जमा ५ सय २० किलोमिटर रेन्ज दिने नयाँ एसयूभी ल्याउने लागेको जनाएको छ।
कम्पनीले ग्रेटवाल माटर्सको कुन मोडल ल्याउने खुलाएको छैन। सम्भवतः ग्रेटवाल मोटर्सको न्यू इनर्जी ब्राण्ड ओराको नयाँ एसयूभी ल्याउने अनुमान छ।
जीडब्लूएमले नेपालमा न्यू इनर्जी भेहिकलमा अत्याधुनिक प्रविधि र स्मार्ट मोबिलिटी समाधानसहित थप सशक्त रूपमा प्रवेश गर्ने तयारीमा गरेको हो। कम्पनीले ल्याउने नयाँ विद्युतीय एसयूभीमा स्मार्ट डिजिटल प्रविधि, अत्याधुनिक सुरक्षा प्रणाली, सहज र आधुनिक ड्राइभिङ अनुभवका लागि विभिन्न उन्नत सुविधाहरू समावेश रहने जनाइएको छ।
आकर्षक डिजाइन, प्रिमियम एक्सटेरियर, विशिष्ट लाइटिङ सिग्नेचर र आधुनिक डिजाइनको यो एसयूभीले नेपाली सडकमा फरक पहिचान दिलाउने विश्वास गरिएको छ। उक्त एसयूभी बहु तह सुरक्षात्मक कोटिङ प्रविधियुक्त छ। जसले बाह्य सतहमा सामान्य स्क्र्याचहरू, सूर्यको तापको प्रभावबाट जोगाउने दाबी कम्पनीको छ। यसले गाडीको चमक र सौन्दर्यलाई लामो समयसम्म कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
छट्टै सार्वजनिक हुने उक्त एसयूभीमा ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ, ७ एयरब्याग, १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यू प्रविधि, उद्योगकै अग्रणी एईबी र एमईबी सुरक्षा प्रणाली, २० भन्दा बढी सुविधा रहेको एडास फिचर, ओएस ३.० एआई प्रणालीद्वारा संचालित एआई प्रविधि, भेन्टिलेसन सुविधासहित ६-तरिकाले समायोजन गर्न मिल्ने प्रिमियम चालक सिट लगायत विशेषता हुने छन्।