विराटनगर- विराटनगरमा ओमोडा एन्ड जेकुको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्राइभेट लिमिटेडले विराटनगर बजारमानयाँ ओमोडा ई५ प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
नेपालमा पहिले नै १५ सय भन्दा बढी एकाइ सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै, नयाँ ई५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम विशेषता र अत्याधुनिक ड्राइभिङ अनुभवका साथ बजारमा आएको हो।
नेपालमा सार्वजनिक भएदेखि नै ओमोडा ई५ आफ्नो भविष्यमुखी डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक स्पोर्ट्स युटिलिटी भेहिकल मध्ये एक बन्न सफल भएको छ।
नयाँ ओमोडा ई५ प्रोले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट विशेषता र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्दछ।
नयाँ ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट आवर ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ न्युटन मिटर टर्क रहेको छ। जसले ३ सय ५० किलोमिटर डब्लूएलटीपी प्रमाणित रेन्ज प्रदान गर्दछ।
यसको १ सय ९१ मिलिमिटर उच्च ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि निकै उपयुक्त मानिएको छ। यसमा १८ इन्चको अलोय ह्विलहरू पनि समावेश छन्, जसले यसको स्पोर्टी र प्रिमियम उपस्थितिलाई अझ आकर्षक बनाएको छ।
यसको बाहिरी डिजाइन ओमोडाको भविष्यमुखी डिजाइन दर्शनमा आधारित छ। जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष फ्यान्टम विङ टेललाइटहरू समावेश छन्, जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्दछ।
गाडीको भित्री भागमा प्रिमियम केबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका सामग्री र आधुनिक प्रविधिको संयोजन रहेको छ। आरामदायी यात्राका लागि यसमा चालकका लागि मसाज सिट, आठ वटा सोनी स्पिकरहरूको इमर्सिभ अडियो प्रणाली र १५.६ इन्चको ठूलो वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश गरिएको छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।
सुरक्षाका दृष्टिले नयाँ ओमोडा ई५ प्रो अत्याधुनिक प्रविधिले सुसज्जित छ। यसमा १९ भन्दा बढी एडास अर्थात् उन्नत चालक सहायता प्रणाली विशेषताहरू र ५४०-डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली रहेका छन्। जसले चालकलाई गाडीको वरिपरिको स्पष्ट दृश्य देखाएर उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ।
कम्पनीले नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन संस्करणका लागि नेपाली रुपैयाँ ५१.५९ लाख तथा ड्युअल टोन संस्करणका लागि नेपाली रुपैयाँ ५१.९९ लाख निर्धारण गरेको छ। गाडी सार्वजनिक भएको अवसरमा पायोनियर मोटोकर्प प्राइभेट लिमिटेडले पहिलो ५० ग्राहकहरूका लागि नेपाली रुपैयाँ ४९.९९ लाखको विशेष सुरुवाती मूल्य निर्धारण गरेको छ।
साथै ती प्रारम्भिक ग्राहकहरूलाई थप आकर्षक अफरका रूपमा एक वर्षको निःशुल्क अटो प्लस सवारी बीमा समेत उपलब्ध गराउने घोषणा गरिएको छ। नयाँ ओमोडा ई५ प्रो अब विराटनगरको आधिकारिक ओमोडा एन्ड जेकु शोरूममा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।