शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नेप्स परिसूचक सामान्य बढ्यो, ५ अर्ब ७३ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २० २०८३
नेप्स परिसूचक सामान्य बढ्यो, ५ अर्ब ७३ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६ सय १९ कित्ता सेयर ६२ हजार १ सय ४८ पटक किनबेच भएको छ। नेप्से परिसूचक सँगै कारोबार रकम पनि बढेको छ। आज ५ अर्ब ७३ करोड ३८ लाख ३६ हजार ७ सय ८६ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २२.२१ अंकले बढेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६ सय १९ कित्ता सेयर ६२ हजार १ सय ४८ पटक किनबेच भएको छ। नेप्से परिसूचक सँगै कारोबार रकम पनि बढेको छ। आज ५ अर्ब ७३ करोड ३८ लाख ३६ हजार ७ सय ८६ रुपैयाँको कारोबार भएको छ।अघिल्लो कारोबारमा ५ अर्ब २६ करोड ३८ लाख ३६ हजार ७ सय ८६ रुपैयाँको कारोबार भएको थियो।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ४४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ६ उपसमूहको परिसूचक घटेको को छ। ७ उपसमूहको परिसूचक बढेको छ।निर्जीवन बीमा उपसमूकको परिसूचक सबैभन्दा धेरै ३.३७ प्रतिशतले बढेको छ।त्यस्तै जीवन बीमा १.७३, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.४५, होटल तथा पर्यटन ०.१८ तथा विकास बैंक ०.६६ प्रतिशत बढे भने अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ।


प्रकाशित : बुधबार, जेठ २० २०८३१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend