शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँको खाद्यान्न आयात

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २० २०८३
वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँको खाद्यान्न आयात

गत आवको १० महिनामा यहाँबाट २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो।

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँबराबरको खाद्यान्न आयात भएको छ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए।

गत आवको १० महिनामा यहाँबाट २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो।

चालु आवमा १० अर्ब ९४ करोड मूल्य पर्ने धान, पाँच अर्ब ३१ करोड मूल्यको मकै आयात र दुई अर्ब ८५ करोडको चामल आयात भएको छ।

यसैगरी ५९ करोड मूल्यको माल्ट र ३३ करोड मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, जेठ २० २०८३११:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend