शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरको लक-इन अवधि असार २१ गते सकिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २० २०८३
अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरको लक-इन अवधि असार २१ गते सकिँदै

काठमाडौं- अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आफ्ना प्रबन्धक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक-इन अवधि असार २१ गते सकिने भएको छ।

काठमाडौं- अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयरको लक-इन अवधि असार २१ गते सकिने भएको छ।

कम्पनीले आफ्ना प्रबन्धक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरूको स्वामित्वमा रहेको कुल १५ लाख ६३ हजार कित्ता सेयरको लक-इन अवधि सकिने हुने भएको हो।

विवरण अनुसार, लक-इन अवधि समाप्त हुन लागेका सेयरमध्ये सबैभन्दा धेरै संस्थापक सेयर रहेको छ। जुन १३ लाख ३० हजार  कित्ता रहेको छ।

यसैगरी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बाँडफाँड गरिएको २ लाख २० हजार कित्ता र कम्पनीका कर्मचारीहरूलाई छुट्याइएको १३ हजार  कित्ता सेयर पनि सोही मितिदेखि दोस्रो बजारमा सर्वसाधारण सरह कारोबारका लागि योग्य हुनेछन्।

 


प्रकाशित : बुधबार, जेठ २० २०८३११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend