शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

बजेटपछिको पहिलो करोबारमा नेप्से परिसूचक २६ अंकले घट्यो, ५ अर्ब ६१ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १८ २०८३
बजेटपछिको पहिलो करोबारमा नेप्से परिसूचक २६ अंकले घट्यो, ५ अर्ब ६१ करोड रुपैयाँको कारोबार

साताको पहिलो कारोबार दिन आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिन जेठ १६ गतेको तुलनामा २६.७२ अंकले घटेर २७५५.७२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ४.९९ अंकले घटेर बन्द भएको थियो।

काठमाडौं- पछिल्लो समय उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएको सेयर बजार परिसूचक नेप्से आज घटेर बन्द भएको छ।

साताको पहिलो कारोबार दिन आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिन जेठ १६ गतेको तुलनामा २६.७२ अंकले घटेर २७५५.७२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ४.९९ अंकले घटेर बन्द भएको थियो।

नेप्से परिसूचक सँगै काराबारमा पनि घटेको छ।आजको कारोबारमा ३ सय ४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८ सय १६ कित्ता सेयर ६३ हजार ७ सय १९ पटक किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९ सय २८ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सेयर र नेपाल रि इन्स्योरेन्सको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ४२ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा २ उपसमूहको परिसूचक बढेको छ। ११ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूकको परिसूचक सबैभन्दा धेरै ३.३६ प्रतिशतले बढेको छ।

लामो समयदेखि स्थिर रहेको सेयर बजारमा बजेट पछि सुधार हुने आसामा रहेका लगानीकर्ता अझपनि अन्योलमा छन्। नयाँ सरकार गठन भएसँगै पहिलो नयाँ आर्थिक वर्षको बजेटले पछि पनि पुँजी बजारले नयाँ गति लिन सकेन।

बजार बढ्ने आसामा रहेका लगानीकर्ताहरूका लागि आजको कारोबारले अन्योल सिर्जना गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत लगानीकर्ताका लागि करको दर २.५ प्रतिशत बिन्दुले वृद्धि गरेका छन्। जसका कारण साना तथा खुद्रा लगानीकर्तामा अन्योलता सिर्जना भएको हो।

पुँजी बजार चलायमान हुँदा लगानीकर्ताको आत्मविश्वास बलियो हुने मात्र होइन समग्र आर्थिक गतिविधिमा समेत उत्साह थपिई बजारमा सकारात्मक सन्देश प्रवाह हुन्छ।


प्रकाशित : सोमबार, जेठ १८ २०८३१५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend