शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

सोमबार, जेठ १८ २०८३
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ।

काठमाडौं-आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ। 

यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका  तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा- हिमपातको सम्भावना रहेको छ। 

आज राति देशको हिमाली भू–भागमा साधारणतया,  पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।  

यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको  हिमाली भूभागका एकदुई स्थानमा  हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ। रासस


प्रकाशित : सोमबार, जेठ १८ २०८३०६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend