काठमाडौं- ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स आइतबार ओमोडा ई ५ प्रो सार्वजनिक गरेको छ।
नेपालमा पहिले नै १५ सय वटाभन्दा बढी सडकमा गुडिसकेको ओमोडा ई ५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै नयाँ ई ५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको छ।
नेपालमा सार्वजनिक भएदेखि नै ओमोडा ई ५ आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयूभी मध्ये एक बन्न सफल भएको छ। नयाँ ओमोडा ई ५ प्रोले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्दछ।
नयाँ ओमोडा ई५ प्रोमा ५०.७ केडब्लूएचको ब्याट्री प्याक, ९९ किलोवाटको इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ। जसले ३ सय ५० किलोमिटर डब्लूएलटीपी रेन्ज प्रदान गर्दछ। साथै नयाँ ओमोडा ई ५ प्रोमा १ सय ९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त छ। यसमा १८ इन्च अलोय ह्वीलहरू पनि समावेश छन्, जसले यसको स्पोर्टी र प्रिमियम उपस्थिति अझ आकर्षक बनाउँछ।
बाहिरी डिजाइन ओमोडाको फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष फ्यान्टमम विङ टेललाइटहरू समावेश छन्, जसले सडकमा उपस्थिति आकर्षक बनाउँछ। भित्री भागमा प्रिमियम केबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मटेरियल र आधुनिक प्रविधिको संयोजन रहेको छ।
यसमा ड्राइभर मसाज सिट, ८ वटा सोनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो १५.६ इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।
सुरक्षाका दृष्टिले यसमा १९ भन्दा बढी एडास विशेषताहरू र ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली रहेको छ, जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ।
नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार तथा डुवल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
सार्वजनिक भएको अवसरमा एसपीजी अटोमोबाइल्सले पहिलो ५० ग्राहकहरूका लागि ४९ लाख ९९ हजार रुपैयाँ विशेष मूल्य र एक वर्षको निःशुल्क अटोप्लस बीमा उपलब्ध गराउने घोषणा गरेको छ।
जसले प्रारम्भिक ग्राहकहरूका लागि थप आकर्षक प्रस्ताव प्रदान गर्दछ। नयाँ ओमोडा ई५ प्रो अब देशभरका आधिकारिक ओमोडा एन्ड जेइको शोरूमहरूमा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।