काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको छ।
गएको शुक्रबार प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ।
सरकारले सुनको भन्सार महसुल शतप्रतिशत बढाएसँगै मूल्य आकाशिएको हो। सुनमा यसअघि १० प्रतिशत भन्सार महसुल रहेकामा त्यसलाई बढाएर २० प्रतिशत पुऱ्याइएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँ रहेको चाँदीको मूल्य आज आइतबार प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँ पुगेको छ।
नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।