शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आर्थिक विधेयकको हरित कर शीर्षक सामान्य भाषिक त्रुटीमा सुधार

शनिबार, जेठ १६ २०८३
आर्थिक विधेयकको हरित कर शीर्षक सामान्य भाषिक त्रुटीमा सुधार

अहिले उक्त भाषिक त्रुटीलाई सच्चाउँदै यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पेट्रोल र डिजलको पैठारीमा प्रतिलिटर १० रुपैयाँका दरले हरित कर लाग्ने बनाइएको हो।

काठमाडौं- अर्थमन्त्रालयले शुक्रबार संसदमा पेस गरेको आर्थिक विधेयक २०८३ मा भएको सामान्य भाषिक त्रुटीलाई सच्चाएको छ।

प्रतिनिधि सभामा जेठ १५ गते पेस भएको आर्थिक विधेयकको दफा ३५ मा प्रतिलिटर हुने पर्ने र रुपैयाँ हुने पर्ने ठाउँमा प्रतिशत भएको भाषिक त्रुटी हुँदा कसरी कर गणना गर्ने भन्ने अन्यौलता देखिएको थियो। उक्त विषयलाई सम्बोधन गर्न अर्थमन्त्रालयले सच्चाएको हो।

शनिबार त्रुटी पहिचानपछि केही समय आर्थिक विधेयक मन्त्रालयको वेवसाइटबाट हटाएर सच्चाउँदै पुन: वेवसाइटमा राखेको छ।

इन्धनमा भन्सार महशुल तथा हरित कर छुट सम्बन्धी व्यवस्थामा भएको भाषिक त्रुटी सच्चाएको हो। दफा ३५ को उपदफा २ मा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पेट्रोल र डिजलको पैठारीमा १० प्रतिशत हरित कर लाग्ने उल्लेख थियो।

अहिले उक्त भाषिक त्रुटीलाई सच्चाउँदै यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पेट्रोल र डिजलको पैठारीमा प्रतिलिटर १० रुपैयाँका दरले हरित कर लाग्ने बनाइएको हो।

प्रकाशित : शनिबार, जेठ १६ २०८३१६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend