काठमाडौं- नेपाली बीमा कम्पनीबाट जारी हुने बीमांकको कम्तीमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था हुने भएको छ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ बजेट पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले बीमा कम्पनीबाट जारी हुने बीमांकको कम्तीमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था हुने व्यवस्था गरिने बताएका हुन्।
दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गरिने भएको हाे।
जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था गरिने भएको हाे।