शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सेयर बजारमा इन्ट्रा-डे ट्रेडिङ सुरु गरिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
सेयर बजारमा इन्ट्रा-डे ट्रेडिङ सुरु गरिने

काठमाडाैं- पुँजी बजारलाई परम्परागत स्वरूपबाट मुक्त गर्दै आधुनिक र प्रविधिमैत्री बनाउन इन्ट्रा-डे ट्रेडिङ सुरु गर्ने गरिने भएको छ।

काठमाडाैं- पुँजी बजारलाई परम्परागत स्वरूपबाट मुक्त गर्दै आधुनिक र प्रविधिमैत्री बनाउन इन्ट्रा-डे ट्रेडिङ सुरु गर्ने गरिने भएको छ। 

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै पुँजीबजारको संरचनात्मक सुधार गर्न योजना ल्याएको बताएका हुन।

हाल सेयर खरिद गरेर खातामा आएपछि मात्र बिक्री गर्न मिल्ने प्रणाली मात्रै छ। अर्थमन्त्री वाग्लेले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनसंरचना गर्दै चरणबद्ध रूपमा इन्ट्र-डे ट्रेडिङ सुरु गरिने बताएका  हुन्।

यस व्यवस्थाले लगानीकर्तालाई एकै दिनमा सेयर किनेर सोही दिन बिक्री गर्न सक्नेछन्। यसका साथै, सरकारले बजार घटिरहेको समयमा पनि लगानीकर्ताले लाभ लिन सक्ने गरी सर्ट सेलिङ र जोखिम व्यवस्थापनका लागि डेरिभेटिभ उपकरणहरू समेत भित्र्याउने भएको हो।

सक्षम नेपाली कम्पनीहरूले अब विदेशी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने र ग्लोबल डिपोजिटरी रिसिट जारी गरी अन्तर्राष्ट्रिय लगानीकर्ताबाट पूँजी जुटाउन सक्ने व्यवस्था गरिने भएको छ।

बजारमा हुने विकृति रोक्न सरकारले ‘शून्य सहनशीलता’ को नीति अख्तियार गरेको छ। सेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ र मूल्य चलखेल गर्नेहरूलाई कडा कारबाही गर्ने र नियामक निकायको क्षमता अभिवृद्धि गरिने भएको छ।

 

 


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१७:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend